काठमाडौं । कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका दुई जनाले पदबाट राजीनामा दिएका छन्।
मंगलबार सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन्।
मंगलबार बसेको माओवादी बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय पनि गरेको थियो । यता, मङ्गलवारै बसेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले पनि गठबन्धनको ठुलो दलको हैसियतले सरकारको नेतृत्व दाबी गर्ने निर्णय गरेको छ ।
सत्ता साझेदा यी दुई दलले नै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा जुटेका छन् । तर, अन्तिम निर्णय कुन रुपमा अघि बढ्छ त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित