काठमाडौं । कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका दुई जनाले पदबाट राजीनामा दिएका छन्।
मंगलबार सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन्।
मंगलबार बसेको माओवादी बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय पनि गरेको थियो । यता, मङ्गलवारै बसेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले पनि गठबन्धनको ठुलो दलको हैसियतले सरकारको नेतृत्व दाबी गर्ने निर्णय गरेको छ ।
सत्ता साझेदा यी दुई दलले नै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा जुटेका छन् । तर, अन्तिम निर्णय कुन रुपमा अघि बढ्छ त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग