काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४७ करोड रुपैयाँ निक्षेपको रूपमा बैंकमा राख्ने भएको छ । बैंकले एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो ।एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इजाजतप्राप्त क, ख र ग वर्गको बैंकलाई आवेदन आह्वान गरेको छ ।
इच्छुक बैंकले जेठ २५ गते बेलुका ७ बजेसम्म आफूले चाहेको निक्षेप उचित ब्याजदर सहित प्रस्ताव पेस गर्न सक्नेछन् । बैंकका अनुसार कूल रकम मध्ये १ अर्ब १६ करोड ६० लाख रुपैयाँ क वर्गको वाणिज्य बैंकमा, २२ करोड ५ लाख रुपैयाँ ख वर्गको विकास बैंकमा र ७ करोड ३५ लाख रुपैयाँ ग वर्गको फाइनान्स कम्पनीहरूमा राखिनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको सर्त पुरा गरेर निक्षेपका लागि आवेदन दिन सक्नेछन् ।
यस्तो निक्षेपका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुरा भएको हुनुपर्नेछ भने बैंकको निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने बैंकले जनाएको छ । असार १, २०८० देखि जम्मा गरिने निक्षेप आगामी वर्ष २०८१ असार २ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकहरूबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
दशैंमा राष्ट्र बैंकले नयाँ नोट नसाट्ने
नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको
विद्युतीय प्रणालीमार्फत इतिहासकै सर्वाधिक कारोबार, एकै महिनामा ३४ खर्बले बढ्यो
१ लाख २० हजार २७७ ऋणीले पाए १ खर्ब २६ अर्ब सहुलियतपूर्ण कर्जा
आज ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक