काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ ।
जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज एकै पटक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।
आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ । हिजोबाट सुरु भएको बजेटमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।
सरकारले प्रस्तुत गरेको बजेट माथी प्रतिनिधिसभा सदयस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् । गत जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो ।
सो अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बिषयलाई लिएर गत आइतवार संसद अबरुद्ध भएको थियो भने बंगलादेश जाने मार्गका लागि कालापानी साटफेर गर्ने बिषयमा प्रधानमन्त्री दाहालसँग प्रमुख प्रतिपक्ष दललगायतले जवाफ माग गरे पछि बजेट माथीको छलफल सहज तरिकाले अघि बढन सकेको थिएन ।
तर, साेमवार प्रधानमन्त्री प्रचण्डले जवाफ दिईसकेकाले बजेट माथीको छलफलले निरन्तरता दिन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदको जारी अवरोध खुलाउने प्रयासः राष्ट्रिय मान्यता प्राप्त दलको बैठक आज पनि बस्दै
संसद खुलाउन एमालेसहितका दलहरूसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय
'विद्यालय शिक्षा विधेयक' संसदमा पेश हुँदै
संसदमा एमालेको नाराबाजी, बैठक स्थगित
बजेटबारे निर्णय गर्न संसदमा मतदान हुँदै
अर्थमन्त्रीले आज संसदमा जवाफ दिने