पर्वत । म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना ५ ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा नौ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन् । उनीहरूको नाम ठेगाना खुलिसकेको छैन ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए। अन्यको अवस्था भने सामान्य रहेको छ । अहिले सबै जना घाइतेको उपचार पर्वत अस्पतालमा भइरहेको छ । पानी परेर चिप्लो भएको सडकमा तीव्र गतिमा गुडेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
मेलम्चीमा बस दुर्घटना, ८ जना घाइते