काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेको विधेयक निष्कृय नहुने जिकिर गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभामा विचाराधीन रहेको भन्नु र प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई–दुई चोटी पारित भएको भन्नुमा फरक रहेको उनले बताए ।
‘नागरिकता विधेयक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा विचाराधीन थिएन । विधेयकका सन्दर्भमा हाम्रो विमति हुनसक्छन् । प्रकृयाका सन्दर्भमा अझै पनि प्रश्न उठाउन पाईन्छ । तपाईँले प्रश्न उठाउँदै गर्दा र प्रधानमन्त्रीले त्यहाँबाट जवाफ दिँदै गर्दा मात्रै एउटा सांसद उभिएर तपाईँलाई के भन्दै छ भने, प्रतिनिधि सभा वा राष्ट्रिय सभामा विचाराधीन रहेको भन्नु र प्रतिनिधि सभा र राष्ट्रिय सभाले दूई–दुई चोटी पारित गराएर पठाएको भन्नु फरक छ,’– उनले भने ।
कुनै पनि विधेकको सन्दर्भमा वा संसद्ले लिने निर्णयको सन्दर्भमा सांसदहरुले संविधान र नियमावलीको केन्द्रमा रहेर बोल्नुपर्ने उनले बताए । सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले आवेगलाई तिलाञ्जली दिएर विषयमा वस्तुगतमा गम्भीरतापूर्वक छलफल गर्न आवश्यक रहेको उनको भनाई छ । प्रधानमन्त्रीले संसद्मा उभिएर बोल्दैगर्दा संयम भएर सुन्ने धैर्यता राख्नसमेत उनले सबै समक्ष आग्रह गरे ।
‘प्रतिपक्ष दलका सदस्यले बोल्दै गर्दा यताबाट आवाज उठाउनु भयो । डिस्टर्व भयो । यताबाट साथीहरुले सही गर्नुभयो म विल्कुल भन्दिन । तर, के नविर्सौं भने एक जना माननीय सदस्यले बोल्दैगर्दा यताबाट कसैले आवाज उठाएर बोल्दै गर्दा त्यो सही भएन म भन्न सक्छु । यो देशको प्रधानमन्त्रीले संसद्मा उभिएर बोल्दै गर्दा त्यताबाट चाहिँ सही भएको छ ?’– उनले प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा
गगन थापा प्रधानमन्त्री बन्ने मुभमेन्टले राष्ट्रव्यापी प्रभाव बढाइरहेको छ : विश्वप्रकाश शर्मा
अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री कोही बन्न पाउन्न: विश्वप्रकाश शर्मा
प्रधानमन्त्री पाँच वर्ष टिक्ने संवैधानिक व्यवस्था गर्नुपर्नेमा विश्वप्रकाश शर्माको जोड
आसन्न निर्वाचनमा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्नेमा विश्वप्रकाश शर्माको जोड