काठमाडौँ । साताको पहिलो कारोबार दिन ५३ अंकमाथिले बढेको नेप्से सूचक दोस्रो नै पुनः १७ अंकमाथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से सूचक १७.३८ अंकले घट्दै १९ सय १.९९ अंकको विन्दुमा झरेको हो ।
यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज २.८८ अंकले घट्दै ३६२.२२ अंकमो झरेको छ । उसो त आज नेप्से सूचक दोहोरो अंकले घट्दैगर्दा यता कारोबार रकम समेत घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको ५६ लाख २० हजार कित्ता सेयर बजारमा किनबेच भएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । यद्यपि, आज रिभर फल्स पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने शिभम् सिमेन्टको सेयर मूल्य ४.५० प्रतिशतले घट्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार