पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका – ८ सत्यवतीमा जिप दुर्घटना भएको छ । भर्खरै रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप सत्वतीको केवरेछेडामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ३ जना घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाईते भएको वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए। घाईतेहरुलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागि बुटवलतर्फ पठाइएको वडा अध्यक्ष रानाले बताए । मृतकहरुको पोष्टमार्टमको लागि बुटवलतर्फ पठाएको उनले बताए।
मृतकको भने पहिचना खुलेको छैन । जिप अत्याधिक लोड भएकाले साघुरो बाटोमा लोड थाप्न नसकी व्याक भई दुर्घटना भएको हुन सक्ने बताइएको छ । जिप सडकबाट करीव ७० मिटर तल खसेकोे छ । घटनास्थमा ईलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरीहरु खटिकाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दैलेखमा जिप दुर्घटना, ८ जना घाइते
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना
स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु