काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाममा नागरिक अभिनन्दन गरिने भएको छ । उद्योग वाणिज्य सङ्घ धनुषामा आज भएको सर्वदलीय बैठकमा यही जेठ ३१ गते जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति भएको प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए ।
उनले नागरिकताविहीन लाखौँ युवाको समस्या समाधान गरी जनकपुरधाम आउन लागेका राष्ट्रपति पौडेललाई मधेसवासीले भव्य स्वागत गर्नुपर्ने प्रस्तावमा सबै दलले सहमति जनाएको बताए ।
त्यस अवसरमा मधेस प्रदेशसभा सदस्य रामसरोज यादवले राष्ट्रपतिको भ्रमणलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारलाई पहलकदमी लिन प्रयास गरिने पनि बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले धनुषाका सबै प्रतिनिधिसभा सांसद र प्रदेशसभा सदस्यहरूसहितको मूल समिति र अन्य उपसमिति बनाएर राष्ट्रपतिको जानकी मन्दिरको पूजापाठदेखि तिरहुतिया गाछीमा हुने भव्य स्वागत र नागरिक अभिनन्दनको तयारी गर्ने निर्णय गरिएको बताइन् ।
बैठकले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन र मूल समारोह समितिको निर्णयअनुसार जनकपुरधामको एउटा चोकमा राष्ट्रपतिद्वारा झन्डा फहराइने निर्णय गरिएको साहले जानकारी दिइन् ।
जनकपुरधाम विमानस्थलबाट जानकी मन्दिर र मन्दिरदेखि तिरहुतिया गाछीसम्म सडकको दुवै छेउमा राष्ट्रिय झण्डासहित उभिएर नागरिक अभिन्दन गर्न सबै दलले आ-आफ्ना कार्यकर्ता र स्थानीय समाजलाई परिचालन गर्ने निर्णय लिइएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० जेठ २०८०, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता