काठमाडौँ । भारत मध्य प्रदेशको उज्जैनस्थित प्रख्यात महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेर इन्दौर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालको सम्मानमा इन्दौर प्रेस क्लबले रात्रिभोज आयोजना गरेको छ।
उनलाई इन्दौर प्रेस क्लबका महासचिव अभिशेक बडजात्याले स्वागत गरेका थिए।
त्यस्तै, इन्दौर प्रेस क्लबका अध्यक्ष प्रवीणकुमार खारिवालले प्रधानमन्त्री दाहालको स्वागत गर्दै परम्परागत नेपाल भारत सम्बन्धबारे विस्तारमा चर्चा गरेका थिए।
चारदिने भारत भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल पूजाआजाका लागि मध्यप्रदेश पुगेका हुन्।
नेपालमा कहिल्यै पशुपतिनाथ मन्दिरमा औपचारिक पूजा नगरेेका दाहालले उज्जैनस्थित महाकालेश्वरमा भने पूजाअर्चनामात्र गरेनन्, ५१ हजार भारतीय रुपैयाँको भेटी र १ सय ८ किलो रुद्राक्ष पनि चढाएका थिए।
बिहीबार उनले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेका थिए भने नेपाल र भारतबीच केही सम्झौता पनि भएका थिए।
प्रधानमन्त्री दाहाल शनिबार नेपाल फर्कँदै छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० जेठ २०८०, ०६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग