काठमाडौँ । भारत मध्य प्रदेशको उज्जैनस्थित प्रख्यात महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेर इन्दौर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालको सम्मानमा इन्दौर प्रेस क्लबले रात्रिभोज आयोजना गरेको छ।
उनलाई इन्दौर प्रेस क्लबका महासचिव अभिशेक बडजात्याले स्वागत गरेका थिए।
त्यस्तै, इन्दौर प्रेस क्लबका अध्यक्ष प्रवीणकुमार खारिवालले प्रधानमन्त्री दाहालको स्वागत गर्दै परम्परागत नेपाल भारत सम्बन्धबारे विस्तारमा चर्चा गरेका थिए।
चारदिने भारत भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल पूजाआजाका लागि मध्यप्रदेश पुगेका हुन्।
नेपालमा कहिल्यै पशुपतिनाथ मन्दिरमा औपचारिक पूजा नगरेेका दाहालले उज्जैनस्थित महाकालेश्वरमा भने पूजाअर्चनामात्र गरेनन्, ५१ हजार भारतीय रुपैयाँको भेटी र १ सय ८ किलो रुद्राक्ष पनि चढाएका थिए।
बिहीबार उनले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेका थिए भने नेपाल र भारतबीच केही सम्झौता पनि भएका थिए।
प्रधानमन्त्री दाहाल शनिबार नेपाल फर्कँदै छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० जेठ २०८०, ०६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता