जनकपुरधाम । जसपाका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक विरुद्धको गतिविधिमा लागेकाहरु गलत काम गरिरहेको बताएका छन् । ‘आफ्नो देशको नागरिकलाई आफ्नै देशमा अनागरिक बनाएर राख्नु हुँदैन,’ उनले भने, अब नागरिकता विरुद्ध लागेर कसैले केही गर्न सक्दैन । जे भएको छ, ठिक र संविधानसम्मत भएको छ । अब यो खारेज हुँदैन ।’
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतले विधेयक प्रमाणीकरण भएको भोलिपल्टै नागरिकतासम्बन्धी उक्त विधेयक खारेजी गर्न सर्वोच्चमा रिट हालेका छन् ।
धनुषा गणेशमान चारनाथ नगरपालिका–३ भरतपुरका ईन्द्रजित साफी नागरिकता विधेयक प्रमाणीकरण भएपछि आजाद भएको महसुस भएको बताउँछन् । देशको नागरिक भएर पनि नागरिकताविहीन भएरबस्दा खेप्नु परेको पीडाबाट मुक्त हुँदा निकै नै खुसी महसुस भइरहेको उनले बताए ।
उनले आजै गृहमन्त्रीलाई भेटेर नागरिकता प्रदान गर्नको लागि आवश्यक व्यवस्था मिलाइदिन आग्रह गर्न गृहमन्त्रालय जाने कार्यक्रम रहेको जनाए । उता एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सडक र सदनबाट पनि नागरिकता विधेयकको प्रतिवाद गर्ने बताएको छ । रास्वपाका सांसद मनिष झाले भने आफूहरुले नागरिकता विधेयकको विरोध नगरेको, सरकारको सिफारिसमा राष्ट्रपतिले प्रमाणीकरण गरेको प्रक्रियाको मात्र विरोध गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता