काठमाडौँ। ७० वर्षीय बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको माई नगरपालिका २ चेप्टीका ३२ वर्षीय दीपक कुमाल रहेका छन् । उनलाई शुक्रवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दीपकले यही जेठ ८ गते अंशवण्डाको विषयमा विवाद हुँदा बुबा लोकबहादुर कुमाललाई कुटपिट गरी घाइते बनाएका थिए । उनको उपचारको क्रममा बिर्तासिटी अस्पतालमा शुक्रवार बिहान मृत्यु भएको थियो ।
लोकबहादुरको मृत्युको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले दीपकलाई पक्राउ गरेको हो ।यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ