काठमाडौँ। ७० वर्षीय बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको माई नगरपालिका २ चेप्टीका ३२ वर्षीय दीपक कुमाल रहेका छन् । उनलाई शुक्रवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दीपकले यही जेठ ८ गते अंशवण्डाको विषयमा विवाद हुँदा बुबा लोकबहादुर कुमाललाई कुटपिट गरी घाइते बनाएका थिए । उनको उपचारको क्रममा बिर्तासिटी अस्पतालमा शुक्रवार बिहान मृत्यु भएको थियो ।
लोकबहादुरको मृत्युको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले दीपकलाई पक्राउ गरेको हो ।यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ