काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेज गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेको छ । रास्वपाको बिहीबार बसेको संसदीय दलको बैठकले सांसद विकास कोष खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय भएको मुख्य सचेतक सन्तोष परियारले जानकारी दिए ।
पार्टी सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका कारण कार्यवाहक दलका नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा संसदीय दलको बैठक बसेको थियो । सरकारले आगामी वर्षका लागि प्रत्येक निर्वाचन क्षेत्रलाई पाँच–पाँच करोडका दरले रकम विनियोजन गरेको छ । सरकारले स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रमकै लागि सरकारले ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति