अमेरिका नेतृत्वको सामुद्रिक गठबन्धनबाट बाहिरियो यूएई

एजेन्सी

विहीबार, १८ जेठ २०८०, ११ : २५
अमेरिका नेतृत्वको सामुद्रिक गठबन्धनबाट बाहिरियो यूएई

एजेन्सी । विश्वव्यापी तेल व्यापारका लागि महत्तवपूर्ण रहेको खाडी जलमार्गको सुरक्षाको जिम्मा पाएको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट संयुक्त अरब इमिरेट्स (यूएई) बाहिरिएको छ ।

यूएईले दुई महिनाअघि ३८ सदस्यीय संयुक्त सामुद्रिक सेनामा आफ्नो सहभागिता फिर्ता लिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सुरुमा १२ राष्ट्रहरूबीचको साझेदारीको रूपमा स्थापना गरिएको बहराइनमा मुख्यालय रहेको सीएमएफको स्थापना सन् २००१ मा भएको थियो । यो महत्तवपूर्ण तर समस्याग्रस्त रहेको छ ।

सीएमएफका एक प्रवक्ताले यूएईको सहभागिता रोके पनि साझेदार राष्ट्रका रूपमा रहेको बताएका छन् । इरानले अप्रिलको अन्त्य र मे महिनाको सुरुमा एक हप्तामा दुबई र फुजैराह बन्दरगाहबीच यात्रा गरिरहेका दुई वटा ट्याङ्कर र एउटा खाली जहाज नियन्त्रणमा लिएको थियो ।

इरानमाथि सन् २०२२ को नोभेम्बरमा इजरायलको स्वामित्वमा रहेको ट्याङ्करमा ड्रोन आक्रमण गरेको आरोप लागेको थियो । यसै महिनाको सुरुमा अमेरिकाले इरानको बढ्दो उत्पीडनका कारण विश्वको कम्तीमा एक तिहाइ समुद्री तेल बोक्ने खाडीमा थप बल पठाउन लागेको बताएको थियो ।

अमेरिकी नौसेनाको पाँचौँ टुकडीका सहकमान्डर एडमिरल ब्राड कूपरपछि बेलायती र फ्रान्सेली नौसैनिक कमान्डरका साथ गाइडेड मिसाइल विध्वंशकमा हुँदै गएका थिए ।जवाफमा इरानले छिमेकी देशसँगको सहकार्यमा खाडीको जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्न सक्षम रहेको बताएको छ ।

प्रमुख तेल निर्यातकर्तामध्ये एक यूएई ‘शान्तिपूर्ण वार्ता र कुटनीतिक संलग्नताको लागि प्रतिबद्ध’ रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस