काठमाडौं।नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरू ‘कोशी’ प्रदेशको नाम पुनर्विचार गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । कोशी प्रदेशका १४ जिल्ला सभापतिहरूले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै नाम पुनर्विचार गर्न आग्रह गरेका हुन् । यसअघि गत फागुन १७ गते कांग्रेस समेतको समर्थनमा कोशी नामकरण गरिएको थियो ।
तर पहिचानवादीहरूले आन्दोलन चर्काउँदै लगेपछि‘द्वन्द्व पनि मेटिने पहिचान पनि भेटिने भन्दै पुनर्विचार गर्न उनीहरूले आग्रह गरेका छन् । ‘नेपाली कांग्रेस लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, पहिचान र विविधता तथा बहुलताको रक्षक र अगुवा हो ।
कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात गर्दै गल्ती कमजोरीहरूलाई सच्याउने साहस गर्न सक्छ’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।यसैगरी घाइते आन्दोलनकारीहरू तथा सुरक्षाकर्मीहरूको यथोचित उपचारमा ध्यान दिइन समेत उनीहरूले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित