काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टीको मोर्चा संगठनले काठमाडौंसहित देशभर एकसाथ भष्टाचार विरुद्ध बृहत प्रदर्शन गरेको छ ।
नक्कली भूटानी शरणार्थी प्रकरणका सबै भ्रष्ट–अपराधीलाई कडा कानुनी कारवाहीका लागि व्यापक जनदबाब सिर्जना गर्न भन्दै मोर्चाले प्रदर्शन गरेको हो । मोर्चाले देशव्यापी खबरदारी अभियान चलाइरहेको छ । मोर्चा संगठनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जुनसुकै दल, नेता वा अधिकारीलाई कडा भन्दा कडा कारवाही गर्न मांग गरेको छ ।
प्रदर्शनमा नेकपा एकीकृत समाजबादीका उपमहासचिब एवं मोर्चा संगठनका इन्जार्ज डा बिजय पौडेलले भ्रष्टलाई कुनै पनि हालतमा छोड्न नहुने बताउनुभयो । मोर्चाले देशव्यापी खबरदारी अभियान चलाइरहेको छ । यसअघि ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । आजको प्रदर्शनमा पार्टीका नेताहरु डा बिजय पौडेल, सहित नितेश पौडेल लगातका नेताहरुले संबोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय