एजेन्सी।चीनले द्रुत गतिमा अघि बढाइरहेको अन्तरिक्ष कार्यक्रम अन्तर्गत सन् २०३० अगावै चन्द्रमामा अन्तरिक्षयात्रीहरू उतार्ने योजना सार्वजनिक गरेको छ । चिनियाँ अधिकारीहरूले सोमवार गरेको घोषणा अमेरिकासँगको प्रतिस्पर्धा चर्किरहेको बेलामा भएको हो ।
यसले सन् १९६० र १९७० को दशकमा अमेरिका तथा सोभियत संघबीच भएको प्रतिस्पर्धाको स्मरण गराएको छ ।अमेरिकाले चाहिँ सन् २०२५ को अन्त्यसम्ममा अन्तरिक्षयात्रीहरूलाई चन्द्रमाको सतहमा पुनः पुर्याउने लक्ष्य लिएको छ । त्यसमा निजी क्षेत्रका स्पेसएक्स र ब्लु ओरिजिनले पनि सहयोग गर्नेछन् ।
यसैबीच चीनले मंगलवार बिहान तीनजना अन्तरिक्षयात्रीलाई देशको स्पेस स्टेशनतर्फ पठाएको छ । त्यस स्टेशनमा ६ महिनादेखि रहेका अन्तरिक्षयात्रीलाई उनीहरूले विस्थापित गर्नेछन् ।चीनले चन्द्रमाको सतहमा छोटो अवधि बस्ने तथा मानव र रोबोटको संयुक्त अन्वेषण गर्ने तयारी गरिरहेको चाइनिज म्यान्ड स्पेस एजेन्सीका उपनिर्देशक लिन सिछ्याङले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास