मकवानपुर । गढी गाउँपालिका-२ ठुलोदमारबाट अवैध लागुऔषध गाँजा करिब ९ सय २० ग्रामसहित हेटौंडा उपमहानगरपालिका-१७ राजदेवी बस्ने ४९ वर्षीय बद्री खड्कासमेत दुईजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले ना.६३ प ६५८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा,छिपहरमाई गाउँपालिका-५ ब्रहम चोकबाट नियन्त्रित लागुऔषध नोर्फिन ५ सय एम्पुल,डाइजेपाम ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुलसहित दुईजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका-८ बस्ने ४२ वर्षीय दुर्गाराज खत्री र पर्सा धोबिनी गाउँपालिका-४ लंगडी बस्ने ४५ वर्षीय नुरेश मियाँ तेली रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी भिस्वाबाट खटिएको प्रहरीले बगमती प्रदेश-०३-००१ ख १८१० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी बसका चालक दुर्गाराज र सहचालक नुरेश मियाँलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने तीन जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ