काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको बजेट सन्तोषजनक भएको बताएका छन् ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
प्रतिपक्ष भए पनि यसले देशको अर्थतन्त्र सुधार गर्नसक्ने खालको भएको उनको भनाइ छ ।
उनले भने, ‘कृषि क्षेत्रमा सोचे जस्तो छैन । तर, जडिबुटीमा राम्रो आएको छ ।’
सांसद विकास कोषको रकम सही ठाउँमा सदुपयोग गर्नुपर्ने उनले बताए । तर, स्थानीय सरकार भए पनि सांसद विकास कोष आवश्यक नभएको सांसद शाहीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालको निम्तो मान्न पुगे लिङ्देन
एमालेको कार्यक्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको भन्दै राप्रपाले जनायो आपत्ति
६ बुँदे मागसहित काठमाडौँ प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन (तस्वीरहरू)
राप्रपा आन्दोलनको रणनीति फेरियो, अब बानेश्वरमा मात्र केन्द्रित
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै