काठमाडौं।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरूबाटै खतरामा रहेको बताएका छन् । राजनीतिक दलका शैली र क्रियाकलाप ठीक नभएकाले गणतन्त्रप्रति जनताको वितृष्णा पैदा भएको कोइरालाको भनाइ थियो ।'राजाका गतिविधि हुनेवित्तिकै गणतन्त्र खतरामा पर्ने भन्छौं तर, उनीबाट होइन, यदि गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरूबाटै छ,' उनले भने ।
सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिडाउँन, महँगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको उनले बताए। कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं-१ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस पार्टीका बारेमा नकारात्मक कुरा गरेर संगठन कमजोर बनाउने काम नगर्न कार्यकर्ताले निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाद्वारा आफूनिकट जिल्ला सभापतिसँग छलफल
डा. शेखर कोइरालाले बोलाए आफू निकटका सांसदहरूको बैठक
गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नैतिकता देखिन्छ : डा. शेखर कोइराला
‘महाधिवेशन टार्न खोज्ने काम आत्मघाती’ हुनेछः शेखर कोइराला
०८४ को चुनावपछिको महाधिवेशन स्वीकार्य हुँदैन : डा. शेखर कोइराला
दुई तिहाइ पुर्याएर संविधान संशोधन गर्दिन्छौं भन्नु गलत : शेखर कोइराला