काठमाडौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा आन्दोलनरत पहिचानवादीसँग तत्काल वार्ता थाल्न सरकारसँग माग गरेका छन्।
आइतवार प्रदेश राजधानी विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप हुँदा दर्जनौँ घाइते भएको पृष्ठभूमिमा उनले यस्तो माग गरेका हुन्।
सत्तारुढ दलका नेता समेत रहेका यादवले पुन:नामकरणसहितका माग लिएर आन्दोलितहरुमाथिको दमन बन्द गर्न पनि माग गरेका छन्।
‘प्रदेश सभाबाट प्रदेश १ को नामाकरण कोशी प्रदेश गरिएकोमा त्यसलाई अस्वीकार गर्दै उक्त नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनरनामाकरण गर्न माग गर्दै भइरहेको जनप्रदर्शनमाथि सरकारले दमन गर्ने कार्य तत्काल बन्द गरी समस्याको न्यायोचित सम्बोधन हुने गरी आन्दोलनरत पक्षहरुसँग वार्ताद्वारा समस्याको हल गर्न सरकारसँग अनुरोध गरिन्छ’, उनले भनेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, १७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव
‘पहिचानमा आधारित संघीयता समावेशी र सशक्त राष्ट्र निर्माणको आधार हो’: उपेन्द्र यादव
उपेन्द्र यादव र मलेसियन राजदूतबिच नेपाली श्रमिकको समस्याबारे छलफल
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव
नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन सक्दैन : उपेन्द्र यादव