विराटनगर । मोरङ प्रहरीले प्रदेश नामाकरणप्रति असन्तुष्ट १७ जनालाई विराटनगरबाट पक्राउ गरेको छ।
पहिचान पक्षधरको आन्दोलनका क्रममा विराटनगरस्थित प्रदेशसभा भवन परिसरबाट आइतबार बिहान प्रर्दशनकारीलाई पक्राउ गरेको किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले जानकारी दिए।
प्रदेशसभा भवनमा सांसद प्रवेश रोक लगाउने क्रममा अस्पताल चौकबाट ३ जना र देवकोटा चौकबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको अध्यक्ष येक्तेनले बताए।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि आन्दोलनकारीलाई पक्राउ गरिएको बताए।
उनका अनुसार पक्राउ परेकाहरूको साथमा गुलेली र ढुंगा बरामद भएको छ। पक्राउ पर्नेमा आन्दोलनपक्षका थाङ्साङ लावती, दीपा आदाङ्मा लगायत रहेका छन्। प्रहरीले पक्राउ परेकामध्ये १४ जनालाई प्रदेश प्रहरी गण रानीमा राखेको छ। त्यसैगरी, अन्य ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
कोसी प्रदेश प्रदेशसभाको दोस्रो एवम् बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। अधिवेशनका लागि प्रदेशसभा सदस्यलाई संसद प्रदेशसभा भवन प्रवेशमा अवरोध गर्ने पूर्वनिर्धारित कार्यक्रमका क्रममा पहिचान पक्षधर बिहानैदेखि भेला भएका छन्।
नामकरणविरुद्ध आन्दोलनरत पक्षले बजेट अधिवेशन अवरुद्ध गर्ने तयारी गरेपछि प्रदेशसभा रहेको स्थानलगायत केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीले ब्यारिकेट राखेर पहिचान पक्षधरलाई निषेधित क्षेत्र प्रवेशमा रोक लगाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं कपनबाट चक्कु र पेस्तोलसहित १ जना पक्राउ
लागुऔषध कोकिन तस्करीमा संलग्न गिरोहका दुई जना पक्राउ
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ
एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
एसईई परीक्षामा चिट चोराउने शिक्षक र नक्कली गार्ड पक्राउ
दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ