काठमाडौं । काठमाडौंको चन्द्रागिरीबाट एक युवक गाँजासहित पक्राउ परेका छन् । धादिङको गल्छी गाउँपालिका–१ का २६ वर्षीय विपन मगरलाई प्रहरीले आज पक्राउ गरेको हो ।
प्रहरी प्रभाग धादिङबाट खटिएको प्रहरी टोलीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट आज बिहान उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरीका अनुसार धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४ केजी ५ सय ग्राम गाँजासहित मगर पक्राउ परेका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने पाँच जना पक्राउ
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ