विराटनगर । मोरङको विराटनगरबाट ३६.८ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ ।३६ केजी चाँदीका विभिन्न गहनासहित विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुको साथबाट आठ ग्राम सुन पनि बरामद गरिएको प्रहरीको भनाइ छ । विराटनगर क्षेत्रमा भएका सुनचाँदीका गरगहनाका चोरी घटनाको अनुसन्धानका क्रममा उनीहरु सुनचाँदीसहित पक्राउ परेका हुन् । बरामद सुनचाँदीको मूल्य करिब ६१ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ