काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भुटानी शरणार्थी प्रकरणमा सरकारको परीक्षा हुने बताएका छन। उक्त प्रकरणमा नाम मुछिएकाहरूप्रति निष्पक्ष छानबिन हुनुपर्ने भन्दै थापाले यसमा सरकारको परीक्षण हुने बताए।
उनले भने– ‘अनुसन्धान कसरी भइरहेको छ भनेर आम नागरिकले हेरिरहेको छन् । जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ ।’ सरकारको नीति तथा कार्यक्रममाथि बुधबार संसद्मा भएको छलफलमा भाग लिँदै महामन्त्री थापाले अहिले जसरी नामहरू आएका छन्, यसले लाज पनि लजाएको जस्तो भएको बताए ।
बाहिर आएका नामहरू हेर्दा जिम्मेवारी लिइरहेका मानिसहरू एकपछि अर्को तानिँदै जाने हो कि जस्तो देखिएको भन्दै थापाले अगाडि भने ‘सरकारले गरेको अनुसन्धान निष्पक्ष भएको छ भन्ने भयो भने वाहवाही गर्ने हो, कहीँ न कहीँ लकपकाएको छ भन्ने भयो भने विकल्पको खोजी हुन्छ, प्रश्न उठ्छ ।’
सरकारपछि न्यायालयको पनि परीक्षा हुने महामन्त्री थापाले बताए । उनले भने ‘न्यायालयले पनि मैले न्याय गरेँ भनेर मात्र पाउँदैन, न्यायको अनुभूति हुनुपर्छ । चाहे सलाम गर्ने मान्छे होस्, चाहे सलामी लिने मान्छे होस्, जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ । अनुसन्धान भएन, मैले गरिनँ भन्ने कुराले कसैले पनि मुक्ति पाउने अवस्था छैन ।’
आम नागरिकले उक्त प्रकरणमा दूधको दूध, पानीको पानी छुट्याउन चाहेको भन्दै उनले भने– ‘यो प्रकरणमा सरकारको परीक्षा सकिएपछि न्यायालयको परीक्षा शुरू हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार लोकप्रियतामा केन्द्रित बन्यो : गगन थापा
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा