काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भुटानी शरणार्थी प्रकरणमा सरकारको परीक्षा हुने बताएका छन। उक्त प्रकरणमा नाम मुछिएकाहरूप्रति निष्पक्ष छानबिन हुनुपर्ने भन्दै थापाले यसमा सरकारको परीक्षण हुने बताए।
उनले भने– ‘अनुसन्धान कसरी भइरहेको छ भनेर आम नागरिकले हेरिरहेको छन् । जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ ।’ सरकारको नीति तथा कार्यक्रममाथि बुधबार संसद्मा भएको छलफलमा भाग लिँदै महामन्त्री थापाले अहिले जसरी नामहरू आएका छन्, यसले लाज पनि लजाएको जस्तो भएको बताए ।
बाहिर आएका नामहरू हेर्दा जिम्मेवारी लिइरहेका मानिसहरू एकपछि अर्को तानिँदै जाने हो कि जस्तो देखिएको भन्दै थापाले अगाडि भने ‘सरकारले गरेको अनुसन्धान निष्पक्ष भएको छ भन्ने भयो भने वाहवाही गर्ने हो, कहीँ न कहीँ लकपकाएको छ भन्ने भयो भने विकल्पको खोजी हुन्छ, प्रश्न उठ्छ ।’
सरकारपछि न्यायालयको पनि परीक्षा हुने महामन्त्री थापाले बताए । उनले भने ‘न्यायालयले पनि मैले न्याय गरेँ भनेर मात्र पाउँदैन, न्यायको अनुभूति हुनुपर्छ । चाहे सलाम गर्ने मान्छे होस्, चाहे सलामी लिने मान्छे होस्, जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ । अनुसन्धान भएन, मैले गरिनँ भन्ने कुराले कसैले पनि मुक्ति पाउने अवस्था छैन ।’
आम नागरिकले उक्त प्रकरणमा दूधको दूध, पानीको पानी छुट्याउन चाहेको भन्दै उनले भने– ‘यो प्रकरणमा सरकारको परीक्षा सकिएपछि न्यायालयको परीक्षा शुरू हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनले मात्रै निकास दिँदैन, संरचनागत सुधारका लागि चुनावअघि नै राष्ट्रिय सहमति गरौँ: गगन थापा
पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ’: गगन थापा
गगन थापा, सोविता गौतम, शिशिर खनाल लगायतका नेताहरू आयोगको कालोसूचीमा
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा