काठमाडौं। गैंडाको खागसहित ललितपुरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका–५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ बस्ने २८ वर्षीय रोशन घिमिरे, राप्ती–५ नै घर भई एकान्तकुना बस्ने २४ वर्षीय युवराज घिमिरे र धादिङको रोराङ गाउँपालिका–२ घर भई काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ छन्।
उनीहरुलाई जेठ २ गते ललितपुर प्रहरीले ललितपुरको स्टिल टावर नजिकबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट १४ इन्च २ सेमी गोलाइको २९७ ग्रामको गैंडाको खाग बरामद भएको छ। पक्राउ परेकाहरुलाई कारबाहीका लागि डिभिजन बन कार्यालय गोदावरी, ललितपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ