धनगढी। कैलालीको धनगढी र कञ्चनपुरको डोके बजारबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट ७५ मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका–८ का २६ वर्षीय समिर चौधरी पक्राउ परेका छन् । उनी आइतबार राति पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारका ४६ वर्षीय ऋषि राम कँडेल पनि लागूऔषधसहित पक्राउ परेका छन् । ७ सय मिलिग्राम लागुऔषधसहित उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा लागूऔषध फेला पारेपछि पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ