काठमाडौं । साताको दोस्रो कारोबार दिन आजपनि नेप्सेमा ८ अंकको वृद्धि भएको छ ।
पछिल्लो ५ दिनदेखि लगातार रुपमा बढिरहेको सेयर बजार परिसूचांक नेप्सेमा आज ८.१० अंकको वृद्धि भएको हो । ८.१० अंकले बढेर नेप्से आज १८९१.३१ बिन्दुमा पुगेको छ ।
नेप्सेमा वृद्धि भएको दिन आज कारोबारमा पनि उल्लेख्य मात्रामा वृद्धि भएको छ । आज ३४ लाख ९५ हजार कित्ता सेयर कूल १ अर्ब २७ करोड ८७ लाख बराबरमा कारोबार भएको छ ।
१३३ कम्पनीको मुल्य बढेको दिन आज ७८ कम्पनीको मूल्यमा भने गिरावट आएको छ । त्यस्तै १० कम्पनीको मूल्यमा कुनैपनि परिवर्तन नभएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२८ सय नाघ्यो सेयर बजार
सेयर बजार २७३९ अंकमा
सेयर बजार २७६७ अंकमा झर्यो
सेयर बजारका सबै सूचक बढे, कारोबार घट्यो
नेप्से परिसूचक ९ अंकले बढ्यो
सेयर बजारका सबै सूचक घटे