काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) ३४ अर्ब रुपैयाँ भन्दाबढीको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ४ अर्ब २३ करोड ४३२ लाख रुपैयाँ, १८२ दिन अवधिको १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब ५० करोड रुपैयाँ गरी कुल ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी असार ५ गते, ९१ दिन अवधिको ट्रेजरी भदौ ५ गते, १८२ दिन अवधिको मंसिर ५ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ जेठ ८ गते परिपक्व हुनेछ ।
यसअघि बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ र ३६४ दिन अवधिको एक अर्ब ८९ करोड रुपैयाँ गरी कुल २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
मेरिटोक्रेसीको आधारमा गभर्नर नियुक्ति गर्न रास्वपाको माग
५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले ७० औँ वार्षिकोत्सव मनाउँदै
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप उठाउने
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिए राजीनामा