काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कारबाहिमा परेका पूर्वसांसद् डा .ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमाथिको सुनुवाई आज हुँदैछ । रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग मन्त्री बन्न लागेको भन्दै घुस रकम मागगरेको अडियो सार्वजनिक भएपछि रास्वपाको समानुपातिक सांसद रहेका श्रेष्ठको सांसद पद खारेज गर्दै रास्वपाले बिन्दाबासिनी कंशाकारलाई सांसद बनाएको थियो ।
घुस लेनादेनाको अडियो अस्वीकार गर्दै श्रेष्ठ आफुलाई सांसदबाट हटाउने निर्णय खारेजीको मागसहित अदालत पुगेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन आदेश जारीगर्दै श्रेष्ठलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नर्गन आदेश दिएका थिए ।
आजको सुनुवाइमा प्रारम्भिक सुनुवाइलाई निरन्तरता दिने वा नदिने भन्ने बारेमा टुंगो लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने रास्वपाको तयारी
रास्वपा शीर्ष नेतृत्वबीच सरकार गठन र रणनीतिबारे छलफल