काठमाडौँ । नेपाली कांग्रेसभित्र रुपान्तरणका लागि बहस सुरु हुन थालेको छ । विशेषगरी रास्वपाको पक्षमा जनआकर्षण देखिन थालेसँगै पार्टीभित्र गतिशीलताको खाँचौ औँल्याउँदै रुपान्तरणको बहस सुरु हुन थालेको हो ।
सोही क्रममा आइतबा राजधानीको अनुपम फुडल्याण्डमा एक समूहको भेला सम्पन्न भएको छ । ‘नेपाली कांग्रेस रुपान्तरण अभियान बागमती प्रदेश’ को नाममा भेला भएको हो ।
सो समूहले आगामी जेठ १६ गते हुने रुपान्तरणको पक्षमा माहोल बनाउन वृहत् अन्तरक्रिया गर्न लागेको र त्यसैको तयारीस्वरुप आइतबार भेला गरिएको नेता जनदीश्वर नरसिंह केसीले जानकारी दिए ।
उनका अनुसार जेठ १६ गते हुने अन्तरक्रिया कार्यक्रममा कॉंग्रेसलाई कसरी रुपान्तरण गर्ने भन्नेबारे विस्तृत छलफल गरिने छ । ‘मतदाताले कांग्रेसलाई सुक्ष्म रुपमा हेरिरहेको हुनाने अब यही स्थितिमा २०८४ सालमा चुनावमा जान नसकिने हुनाले अब नेपाली काँग्रेस पार्टी रुपान्तरित हुन जरुरी छ । नेतृत्व र कार्यकर्ता सबै रुपान्तरित हुनु पर्छ’, उनले भने ।
कांग्रेसको १५ औँ महाधिवेशन र २०८४ सालको चुनावलाई ध्यानमा राखी रुपान्तरण र शुद्धिकरण अभियान शुरु गरेको बताउँदै उनले आफूहरुको कार्यक्रम गुटको नभई सम्पूर्ण नेपाली कांग्रेसको साझा भएको जिकिर गरे ।
आजको भेलामा अजयबाबु सिवाकोटी, रमेश धमला विकास लामा, जीवन डंगोल, विनोद कायस्थ, मधु आचार्य, ऋषि राम घिमिरे ,राजु श्रेष्ठलगायत दर्जनौँ नेता कार्यकर्ताको सहभागिता रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै