काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य वृद्धि भएर बन्द भएको छ । दिनभरजसो उतार चढाव भइरहेको बजार ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा रोकिएको छ । आइतबार ०.३१ प्रतिशतले सेयर बजार बढेको हो ।
आइतबार २७२ धितोपत्रको ३४ हजार ३३१ वटा कारोबारबाट ४८ लाख २८ हजार ७७६ कित्ता सेयर किनबेच भएको छ । आइतबार कारोबार रकम १ अर्ब ६० करोड रुपैयाँको भएको छ । उपसूचकहरुमा समेत मिश्रित नजिता आएको छ । आइतबार विकास बैंक, वित्त, जलविद्युत, उत्पादन र प्रशोधन उपसूचकको मूल्य घटेको छ । अन्य उपसूचक भने बढेका छन् ।
आइतबार राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेवलमा बढेको छ । आदर्श लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ६.५६ प्रतिशतले गुमाए । शिवम् सिमेन्ट, राष्ट्रिय बीमा कम्पनी, तारागाउँ रिजेन्सी, सिटिजन्स इन्भेन्टमेन्ट ट्रष्ट, नेपाल टेलिकमसहितका कम्पनीको बढी कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार