एजेन्सी । जारी सिजनको प्रिमियर लिग उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।
सिटीले तीन खेलअगावै जीत हासिल गरेर उपाधिमा ह्याट्रिकसमेत मारेको छ ।
शनिबार राती भएको खेलमा उपाधि दाबेदार आर्सनल नटिङ्घम फरेस्टसँग १–० ले पारजित भए पछि सिटी तीन खेल अगावै च्याम्पियन बन्न पुगेको हो ।
आर्सनलको पराजयले सिटीलाई लिगको उपाधिका ह्याट्रिक गर्ने अवसर जुटेको हो ।
लिग उपाधिमा ह्याट्रिक गर्ने सिटी म्यानचेस्टर युनाइटेडपछि दोस्रो क्लबसमेत बनेको छ । युनाइटेडले १९९८–२००१ र २००६–२००९ मा लगातार तीनपटक उपाधि जितेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रिमियर लिगमा युनाइटेडको जित
म्यानचेस्टरलाई हराउँदै टोटनहामले जित्यो युरोपा लिगको उपाधि
म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा
म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित