दाङ। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव भागवत विश्वासीसहित दाङका नेताहरू एमालेमा फर्किएका छन्। एमाले महासचिव शंकर पोखरेलले समाजवादीका नेताहरुलाई आज तुलसीपुरमा पार्टी प्रवेश गराएका हुन्।
सचिव विश्वासीसँगै नेकपा एसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, सचिव डिल्ली डाँगी र उपसचिव जानका रेग्मीसहितका नेताहरू एमालेमा फर्किएका हुन्। जिल्ला कमिटीका अधिकांश सदस्य पनि एमालेमा फर्किएका छन्। पार्टी प्रवेशपछि विश्वासीले नेकपा एस कांग्रेस र माओवादीको पुच्छर बनेकाले आफूहरू एमालेमै फर्किएको बताए। पूर्व स्वास्थ्य राज्यमन्त्री केसीले नेकपा एस कम्युनिष्ट आन्दोलनको बाधक बनेको टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ जेठ २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
एमालेका घोषित आन्दोलन स्थगित
एमालेमा दुई उपाध्यक्षको ‘जुहारी’, बढ्यो तिक्तता
प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूमा विभेद गरिएको भन्दै एमालेको आपत्ति
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं: एमाले