दाङ। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव भागवत विश्वासीसहित दाङका नेताहरू एमालेमा फर्किएका छन्। एमाले महासचिव शंकर पोखरेलले समाजवादीका नेताहरुलाई आज तुलसीपुरमा पार्टी प्रवेश गराएका हुन्।
सचिव विश्वासीसँगै नेकपा एसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, सचिव डिल्ली डाँगी र उपसचिव जानका रेग्मीसहितका नेताहरू एमालेमा फर्किएका हुन्। जिल्ला कमिटीका अधिकांश सदस्य पनि एमालेमा फर्किएका छन्। पार्टी प्रवेशपछि विश्वासीले नेकपा एस कांग्रेस र माओवादीको पुच्छर बनेकाले आफूहरू एमालेमै फर्किएको बताए। पूर्व स्वास्थ्य राज्यमन्त्री केसीले नेकपा एस कम्युनिष्ट आन्दोलनको बाधक बनेको टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ जेठ २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज देशका सबै पालिकामा प्रदर्शन गर्दै एमाले
एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु, कहाँबाट कति ?
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने
एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा
एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने