काठमाडौंं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अन्तिम किनारामा पुर्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन्। भुटानी शरणार्थी प्रकरण सम्बन्धी सङ्कल्प प्रस्तावका लागि रवि लामिछाने नेतृत्वको रास्वपाको ज्ञापनपत्र बुझ्दै उनले दोषिलाई कारवाही गर्ने बताए ।
उनले भने, ‘आफ्नो देशको नागरिकलाई अनागरिक बनाएर अर्को देशको शरणार्थी बनाएर विदेश पठाउने योजना बनाउने पैसा कमाउने धन्धा भएको छ । यो सामान्य ठगी होइन । हाम्रो देशको छविलाई कमजोर पारेको छ । अनुसन्धान जारी रहेकाले नैतिक र कानुनी रुपले सबैकुरा भन्नसक्ने स्थितीमा छैन । कोही निर्दोष पर्दैनन्, कोही दोषीलाई छाड्दैनौँ ।’ उनले भने, ‘हामीसँग समय कम छ। अनुसन्धान प्रक्रियालाई २४ घण्टै अगाडि बढाउँछौं । कुनै प्रकारको राजनीतिक वा अवान्छित प्रभाव नपर्ने कानुनको आधारमा तथ्य र प्रमाणको आधारमा टुंग्याउन प्रहरीलाई निर्देशन दिइसकको छु ।’उनले यो प्रकरणलाई टुंग्यायर यसबाहेक भ्रष्टाचार र कमिसनको चलखेललाई अन्त्य गर्न प्रतिबद्ध रहेको जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’