चितवन । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलाई हस्तान्तरण गरिन्।
भरतपुर महानगरपालिकाले खोज तथा उद्दारमा प्रयोग हुने २२ प्रकारको सामान तथा औजार हस्तान्तरण गरेको हो । विपद् सामाग्रीरु ६ लाख ६६ हजार ३ सय ८३ रुपैयाँमा खरिद गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विपद्को दृष्टिकोणबाट उच्च जोखिममा रहेकाले खोज तथा उद्दार कार्यमा सहयोग पुराउन अति आवश्यक सामाग्री हस्तान्तरण गरिएको बताइन् ।
भरतपुर गर्मी ठाउँ भएकाले आगलागी र दुई ठुला नदीले बाढीको जोखिम रहेकाले खोज तथा उद्दारको कार्यमा महानगरपालिकाले सक्दो सहयोग पुराउने उल्लेख गरिन् ।महानगर प्रमुख दाहालले विपद् व्यवस्थापनको लागि सरोकारवालासँग समन्वय गरी अगाडि बढेको बताइन् ।महानगरबासीलाई सुरक्षित राख्न महानगर सधै अग्रसर रहने उनको भनाई थियो ।
यसैबीच खोता खोरमा उल्लेखिय कार्य गर्ने प्रहरीलाई महानगरपालिका प्रमुख रेनु दाहालले सम्मान पनि गरिन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले खोज तथा उद्दार समाग्री हस्तान्तरण गरी महानगरपालिकाले विपद्को कार्य गर्न सहयोग पुराएकोमा धन्यवाद ज्ञापन गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम