विराटनगर। राष्ट्रिय जनावर गाई काटेको आरोपमा मोरङको केराबारीबाट ४ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा केराबारी गाउँपालिका–३ की ३७ वर्षीया पवित्रा तामाङ, ५० वर्षीया नीरमाया तामाङ, केराबारी–७ का २३ वर्षीय सन्तोष लिम्बू र २२ वर्षीया मञ्जु लिम्बू रहेका छन् ।
केराबारी–३ साइ डाँडामा गाई काटेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ