काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से ३२.३० अंकले बढेर एक हजार ८ सय ७७ दशमलब ३२ विन्दुमा बन्द भएको हो । बुधबार २३.३९ अंकले बढेर एक हजार ८ सय ४५ दशमलब ०१ विन्दुमा बन्द भएको थियो ।
नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज नेप्सेमा एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बुधबार नेप्सेमा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको मात्रै कारोबार थियो ।
आज कारोबार भएका २०४ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८१.६० रुपैयाँ पुगेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०२६.७० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार