काठमाडौं। दार्जिलिङ जिम खाना क्लबद्वारा आयोजित अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आईटिएफ)को मान्यता प्राप्त ‘वर्ल्ड टेनिस मास्टर्स एम टि २०० प्रतियोगिता’ मा राप्रपा नेपालका अध्यक्ष कमल थापा फाइनलमा प्रवेश गरेका छन्।
वैशाख ३० देखि दार्जिलिङमा सञ्चालन भइरहेको छ। सो प्रतियोगितामा भारत, नेपाल, भुटान लगायत विभिन्न देशका सय भन्दा बढी सिनियर खेलाडीहरुको सहभागिता रहेको छ।
प्रतियोगिताको ६० वर्ष उमेर समूहको डबल्स प्रतिस्पर्धा अन्तर्गत बुधबार भएको सेमिफाइनलमा नेपालका कमल थापा र झ्याम्पा धोण्डुपको जोडीले भारतका दोस्रो वरीयताका आशिष सेन र नरेश भिजको जोडिलाई ६-४ र ६-२ को सोझो सेटमा पराजित गरि फाइनलमा प्रवेश गरेका छन्।
यसैगरी बुधबार नै भएको सिंगलतर्फको प्रतिस्पर्धामा कमल थापाले भारतका उदय माथुरलाई क्वार्टर फाइनलमा ६-२ र ६-२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ