धनगढी। धनगढीमा स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ नेपाली (१४ लाख ४० हजार)सहित दुई युवक पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका–४ शहीदगेटबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० जुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए । धनगढीका एक व्यवसायीबाट स्रोत नखुलेको रकम लिएर मोटरसाइकलमा जुगेडातर्फ गइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको साउँदले बताए ।
उनकाअनुसार उनीहरूको साथबाट ९ लाख भारतीय रुपैयाँ (पाँच सय दलका १८ सय नोट) र ४१ हजार (पाँच सय दलका ८२ नोट) नेपाली रुपैयाँ बरामद गरिएको छ । दुवै जनाको साथबाट प्रहरीले कुल नेपाली १४ लाख ८१ हजार रुपैयाँ बरामद गरिएको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरूलाई आवश्यक कारवाहीका लागि राजश्व अनुुसन्धान विभाग नेपालगञ्जमा बुझाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने तीन जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ