मोरङ । विराटनगरमा स्रोत नखुलेको साढे चार लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका- ११ मा भारतीय बिआर ३३ जेड ९७९६ नम्बर प्लेटको मोटरसाइकलमा सवार अनिल यादव ४ लाख ६२ हजार ५ सय रुपैयाँसहित पक्राउ परेकाे कोशी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ।
प्रहरीका अनुसार महानगर १५ का यादवलाई शंका लागेर चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ बरामद भएको हो।
पक्राउ परेका यादवलाई हाल आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, मोरङ राखिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ