काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीति समीक्षा गर्दै बैंक दर घटाएको छ । बजारको ब्याजदर घटोस् भनेर राष्ट्र बैंकले विद्यमान बैंक दरलाई एक प्रतिशत विन्दुले घटाएको छ ।
अब बैंक दर ७.५ प्रतिशत कायम भएको छ। यसले निक्षेप तथा ऋणको ब्याज घटाउन सहयोग पुग्छ। बैंक तथा वित्तीय संस्थाले ऋणपत्र गणनाका कारण ऋण लगानी रोकिरहेकोमा यसमा राष्ट्र बैंकले बाटो खोलिदिएको छ । ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनका लागि स्रोतका रुपमा समेत गणना गर्ने पाउने व्यवस्थालाई २०८० पुस मसान्तसम्मलाई निरन्तरता दिइएको छ।
राष्ट्र बैंकले पुनर्कर्जा पनि दिने भएको छ। पछिल्ला दुई त्रैमासमा ऋणात्मक भएको आर्थिक क्षेत्रसँग सम्बन्धित क्षेत्रलाई पुनर्कर्जा दिने भएको हो। अहिले राष्ट्र बैंकले पुनर्कर्जालाई साढे ६ अर्बमा झारेको छ।
चालु पुँजी कर्जालाई ब्याज नियमित रहेकमो अवस्थामा कुनै किसिमको हर्जाना र शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सकिने सुविधा दिएको छ।
राष्ट्र बैंकले होटल तथा रेस्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना÷पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइदिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने