काठमाडौँ । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ परेका छन् । फेसबुकमा साथी बनी म्यसेन्जरमा वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाई फकाइ अश्लील जन्य क्रियाकलाप गर्न बाध्य पारी सोको स्क्रिन रेकर्ड पीडित महिलालाई नै बारम्बार पठाइ आफू अनुकूल फाइदा लिने काठमाडौँको कीर्तिपुरका नरेन्द्र केसी पक्राउ परेका हुन् ।
आफ्नो योजना अनुसारको कार्य गर्न पीडित महिला तयार नभएपछि उनले महिलाका आफन्त तथा साथीलाई म्यासेन्जरमा अश्लील क्रियाकलापमा संलग्न भएको स्क्रिन रेकर्ड पठाएर हैरानी गर्न थालेपछि पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
केसीलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा सम्मानित काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्युरोबाट खटिई गएको टोलीले प्रहरी वृत्त कीर्तिपुरको सहयोगमा पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रकरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ