काठमाडौं । नेकपा एमाले केन्द्रिय समिति बैठक आजवाट सुरु हुदैँछ ।
गत मंशिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ ।
‘यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८–३० बैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो,’ प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।
गत २६ बैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समिक्षा, ग्रास रुट अभियानको समिक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तिमा १० वटा बिषयमा छलफल गर्नका लागि अजेन्डा तय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने