काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले धेरै पटक पार्टीको केन्द्रीय समितिमा र संसदमा समेत यसबारेमा कुरा उठाइसकेको भन्दै दलका शीर्ष नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताए ।
उनले विकृति, विसंगति, बेथितिले नेताहरुको अनुहार लत्पतिएको भन्दै सबै ठूला नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । उनले देश रुपान्तरणका लागि पहिला आफैँ रुपान्तरण हुन जरुरी रहेको बताए । मन्त्री गुरुङले भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताकासाथ भ्रष्टाचारीमाथि कारबाही नभएसम्म भ्रष्टाचार चलिरहने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीलाई बलियो बनाउन काँग्रेसमा हार्दिकता आवश्यक छ’: धनराज गुरुङ
राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो : धनराज गुरुङ
उत्पादनबिनाको वितरणले समस्या निम्तायो : उपसभापति गुरुङ
धनराज गुरुङसँग सिआइबीले लियो बयान
सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न माग
काँग्रेस उपसभापति गुरुङमाथि कानुनी कारबाही गर्न सहकारी छानबिन समितिको निर्देशन