काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कृषि क्षेत्रमा व्यापक लगानी बढाउनेगरी बजेट ल्याउनुपर्ने बताएका छन् । मंगलबार बजेटका प्राथमिकता र सिद्धान्तका विषयमा सांसदमा चलिरहेको सांसद बैठकमा बोल्दै यादवले कृषिमा व्यापक लगानी वृद्धि गर्नुपर्ने बताएका हुन् ।
‘कृषिमा लगानी बढाएर उत्पादन बढाउनु नै आजको आवश्यकता हो,’ यादवले भने, ‘कृषि क्षेत्रमा लगानी गरेर खाद्य सुरक्षाको सम्भावना सम्भावनाबाट जोगिन तराईमा कृषि क्रान्ति गर्नुपर्छ ।’
सो कार्यक्रमको तर्जुमा र प्रभावकारी कार्यान्वयनका लागि कार्यदल गठन गरेर अघि बढ्नुपर्ने यादवको भनाई छ । यसका लागि पश्चिमा तराईका जिल्लालाई महाकाली र पूर्वी तराईका जिल्लामा कोसीमार्फत सिँचाइ उपलब्ध गराउन समेत यादवले माग गरे । त्यसक्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको ओसारप्रसार गर्न रेल तथा सडक यातायातको गुणस्तर बढाउनुपर्ने यादवले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ बैशाख २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता