खानेपानीको पाइप विछ्याउनेदेखि विजुलीको तार भूमिगत गर्ने नाममा सडक बारम्बार खनिएको छ : प्रदीप पौडेल

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, १३ : ०२
खानेपानीको पाइप विछ्याउनेदेखि विजुलीको तार भूमिगत गर्ने नाममा सडक बारम्बार खनिएको छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अन्तर मन्त्रालय समन्वय नहुँदा काठमाडौंको सडक पटक पटक भत्काउनु परेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा उनले काठमाडौंका धेरै जसो सडकको निर्माण कार्य अलपत्र परेको सुनाए 

‘खानेपानीको पाइप विछ्याउनेदेखि विजुलीको तार भूमिगत गर्ने नाममा सडक बारम्बार खनिएको छ,’ पौडेलले भने, ‘फुटपाथमा निर्माण सामग्री राखेर अस्तव्यस्त बनाइएको छ । सरकारका मन्त्रालयहरु विच समन्वय हुन नसकेका कारण एउटै सडक वर्षमा चारपटक सडक भत्काइएकोे छ ।’

काठमाडौं ५ का सांसद पौडेलले सडक कहिँ बनाउँदै नबनाउने कहिँ बनेको सडक पटक पटक भत्काउने कार्य भएकोप्रति असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस