काठमाडौं । भैरहवा विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान बीचबाटोबाटै भैरहवा फर्किएको छ ।
साेमबार बिहान उडान नम्बर एसएचए ८ सय २२ नम्बरको विमानमा खराबी देखाएकाले काठमाडौं आउँदै गर्दा फेरी भैरहवा नै फर्किएको हो । चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् ।
भैरहवाबाट साेमबार बिहान ७ः५५ मा उड्नुपर्ने जहाज ९ बजेपछि मात्रै काठमाडौंतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि विमान भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको भैरहवा विमानस्थलले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ बैशाख २०८०, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्री एयरलाइन्सले थप्यो ८० सिटे विमान
श्री एयरलाइन्सले गर्यो भरतपुर विमानस्थलमा परीक्षण उडान
धनगढी उड्न लागेको विमान धावनमार्गबाट फर्काइयो
श्री एयरलाइन्सकाे जहाज भैरहवामा आपतकालीन अवतरण
श्री एयरलाइन्सले थप्यो ८० सिटका दुईवटा जहाज ‘ड्यास ८’
श्री एयरलाइन्सले सुरु गर्यो मानसरोवरको पर्वततीय उडान