बुटवल । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।
धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को जहाज काठमाडौं नपुग्दै बीच बाटोमै हाइड्रोलिक फेलियर भएपछि सुरक्षित अवतरणका लागि गौतमबुद्ध विमानस्थलमा अवतरण गराइएको हो ।
हाइड्रोलिक फेल भएका कारण जहाज धावनमार्गबाट गुड्न नसकेपछि करिब ४० मिनेट विमानस्थलका अन्य उडान अवरुद्ध हुन पुगेकाे विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०८२, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलमा कुकुर दौडिएपछि श्री एयरको जहाज ‘ओभर सुट’