बुटवल। महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि थप डेढ बर्ष म्याद थप्न अनुरोध परेको छ ।
कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनिया ठेकेदार कम्पनिले डेढ बर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो । सो सडक खण्डको काम हाल २६ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यस अघि दोस्रो पटक म्याद थप गरेको थियो, जसअनुसार उसले जम्मा यस अवधिमा थप २ प्रतिशत मात्र काम सम्पन्न गरेको थियो ।
कोरोना कालमा करिब डेढ वर्ष कामै नभएका कारण पटक पटक म्याद थप्नु परेको चिनिया ठेकेदार कम्पनिले जनाउँदै आएको छ भने चिनिया कम्पनिले माग गरे अनुसार सडक निर्माणको लागत नबढ्ने गरी म्याद थपबारे निर्णय गर्न लागिएको दाउन्ने गैडाकोट खण्डका प्रमुख इन्जिनियर आषिश थापा मगरले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ बैशाख २०८०, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो