धनगढी । प्रहरीले कैलालीका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सार ब्यारेल नजिकबाट लागूऔषधसहित गौरीगंगा नगरपालिका–८ का १९ वर्षीय राममाया कुश्मी शनिबार पक्राउ परेका छन् । उनी दुई ग्राम लागूऔषधसहित पक्राउ परेका हुन् । त्यस्तै टीकापुर नगरपालिका–९ खक्रौलाबाट पनि लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन् ।
३ ग्राम ८० मिलिग्राम लागूऔषधसहित शनिबार लम्कीचुहा नगरपालिका–२ मोतीपुरका २६ वर्षीय सागर घिमिरे र सोही नगरपालिका बगौराका ३३ वर्षीय प्रेम सुनार पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले सागरलाई करिब २ ग्राम १७० मिलिग्राम र प्रेमलाई करिब ९ सय १० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ बैशाख २०८०, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ